जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौँ । जुवातास खेलीरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । मुलुकका विभिन्नन स्थानमा जुवातास खेलीरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानी क्रिकेट ग्राउन्डनजिक टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८५५ रूपैयाँ र ओखर ११ थान सहित पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१७ बालग्रामबाट जुवातास खेलिरहेको अवस्थामा आठजनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३१० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका-७ जुफालमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुफालबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ६ हजार ६३० रूपैयाँ, तास १५९ पत्ति र कौडा ४५ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।