साइबर सुरक्षाको जोखिमका कारण भीसीटीएस प्रणाली बन्द, कागजात बोकेर गाडी चलाउनु पर्ने

साइबर सुरक्षाको जोखिमका कारण भीसीटीएस प्रणाली बन्द, कागजात बोकेर गाडी चलाउनु पर्ने

काठमाडौं । राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट एचपीएच तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर कमजोरी देखिएको भन्दै बन्द गरेको हो ।

विभागले ‘अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरी’ लाई मध्यनजर गर्दै उक्त प्रणाली अस्थायी रूपमा बन्द गरेको हो । प्रणाली बन्द भएपछि विभागले आवश्यक सुरक्षा अद्यावधिक (अपडेट) भई सुरक्षित भएपछि मात्र सेवा पुनः सञ्चालनमा ल्याइने छ । हालको अवस्थामा नियमानुसार जारी भएका बिलबिजक लगायतका सम्बन्धित कागजातहरू साथमा राखेर सवारी साधन सञ्चालन गर्न सकिने छ ।

प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र सम्बन्धित ढुवानीको भीसीटीएस नियमानुसार जारी गर्नुपर्ने छ ।