नेपाली कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा प्रतिमा गौतम भारी मतान्तरले विजयी

नेपाली कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा प्रतिमा गौतम भारी मतान्तरले विजयी

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फको सहमहामन्त्री पदमा नेतृ प्रतिमा गौतम निर्वाचित भएकी छन्।

उनी आफ्नी प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई ३ हजार ५ सयभन्दा बढीको फराकिलो मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा विजयी भएकी हुन्।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको अन्तिम नतिजाअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गरी जित हासिल गरेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी नानुमैया बास्तोलाले भने १ हजार ५५४ मत मात्र प्राप्त गरिन्। फराकिलो मतान्तरसहित गौतमले सहमहामन्त्री पदमा बाजी मारेकी हुन्।