काठमाडौँ उपत्यकामा बढ्दै चिसो, कहाँको तापक्रम कति ?

काठमाडौँ उपत्यकामा बढ्दै चिसो, कहाँको तापक्रम कति ?

काठमाडौँ । देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो आइतबार यो तापक्रम १५ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। अतस् माथिको सूचीमा न्यूनतम तापक्रम आजका हुन् भने अधिकतम तापक्रम हिजोकै हुन्। 

देशभर पश्चिमी वायु फैलिएसँगै चिसो बढ्दै गएको हो। मौसम महाशाखाका अनुसार अहिले देशमा पश्चिमी र मनसुनी दुवैथरी वायुको प्रभाव छ। यद्यपि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पूरै भागबाट मनसुन हटिसकेको छ भने लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै ठाउँबाट पनि मनसुन बाहिरिसकेको छ। 

देशका बाँकी स्थानमा मात्र मनसुन छ। अब चाँडै पूरै देशबाट मनसुन बाहिरिने मौसमविद्ले बताएका छन्।

कहाँको तापक्रम कति ?

छुटाउनुभयो कि ?