डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाडौं।  विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक करोड ५० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई सो रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै डा. गुरुङले संस्था आफ्नो सामाजिक तथा वातावरणीय अभियानमा प्रतिबद्ध रहेको बताए।

बाढीका कारण सडक र सञ्चार सम्पर्क विच्छेद हुँदा कतिपय प्रभावितहरू अझै सम्पर्कविहीन रहेको भन्दै उनले प्रभावित क्षेत्रमा पहुँच पुनःस्थापित गर्न र उनीहरूलाई जोड्न सरकारको तत्कालीन प्रयासमा कोषले सहयोग पुर्‍याउने स्पष्ट पारे।

छुटाउनुभयो कि ?