चारजना कामदार सुरुङभित्रै हराए, खोजिकार्य जारी

चारजना कामदार सुरुङभित्रै हराए, खोजिकार्य जारी

बझाङ : बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा काम गर्ने चारजना कामदार सुरुङभित्रै हराएका छन् । दैलेखको गुराँस गाउँपालिका ३ का महेन्द्र शाही र कर्ण शाही, अछाम तुर्माखाँद गाउँपालिका –६ का महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका १ का शेरसिंह धामी सुरुङभित्रै हराएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका ६ जना कामदारमध्ये २ जना भने बाहिर निस्किए पनि चार जना हराइरहेको प्रहरीले जनाएको छ । सुरुङभित्र अक्सिजन नभएर उहाँहरु बेहोस भएका हुनसक्ने बझाङका डीएसपी गणेश लामाले बताए । हराइरहेकाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।