बाढी प्रभावितका लागि यशोदा ग्रुपले दियो साढे ३ करोड

बाढी प्रभावितका लागि यशोदा ग्रुपले दियो साढे ३ करोड

काठमाडाैं। रसुवा भोटेकोसी बाढी प्रभावितका लागि यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ। साथै ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ। 

सो रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्तरूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए। 

यसका साथै बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएको थियो।

आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पीडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।