रसुवा बाढीका पीडितलाई राहत र उद्धारको विषय आज संसदमा उठाउँदै रास्वपा सभापति रवि लामिछाने

रसुवा बाढीका पीडितलाई राहत र उद्धारको विषय आज संसदमा उठाउँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

रास्वपा स्रोतका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले बाढीका कारण पुगेको क्षति, बेपत्ता नागरिकहरूको खोजी कार्य, उद्धार, राहत वितरण र प्रभावित क्षेत्रको तत्काल पुनर्स्थापनाका लागि संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्। भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवासहितका आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

कानुनमन्त्री सोविता गौतमले दुई विधेयक प्रस्तुत गर्ने

यसैगरी आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुईवटा विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार मन्त्री गौतमले बैठकमा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। साथै, उनले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची तय भएको छ।

बैठकमा ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

छुटाउनुभयो कि ?