विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ: उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ: उपेन्द्र यादव

कपिलवस्तु।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिका कारण सहाराविहीन बनेका नागरिकको सम्पूर्ण संरक्षण र जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

जसपा नेपाल जिल्ला समितिद्वारा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बाढीपीडित तथा विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

ठूला र विकसित देशहरूले सिर्जना गरेको जलवायु परिवर्तनको असर नेपालजस्ता साना देशहरूले भोग्नुपरेको उल्लेख गर्दै उहाँले पीडितहरूको न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो। यस विषयलाई नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घमा जोडदार रूपमा प्रस्तुत गर्नुपर्ने उनको माग थियो।

कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता र अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?