बागमती नदीमा जलसतह पार, सतर्क रहन आग्रह

बागमती नदीमा जलसतह पार, सतर्क रहन आग्रह

काठमाडौँ । काठमाडौंस्थित वाग्मती नदीमा मंगलबार (भदौ २३) दिउँसो बाढी आएको छ । 

वर्षासँगै गौरीघाट जलमापन केन्द्रमा वाग्मतीको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी आसपास क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । “भदौ २३ दिउँसो ०२ः५० बजे । 

काठमाडौंस्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी आसपासको क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहनुहोला,” महाशाखाले भनेको छ ।

छुटाउनुभयो कि ?