प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभर नेपालको पाँच करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभर नेपालको पाँच करोड सहयोग

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावितका निम्ति सहयोग गरेको छ । युनिलिभरले राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ योगदान गरेको छ ।

योसँगै युनिलिभर नेपालले थप करिब एक करोड मूल्यबराबरको २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको जनाएको छ । युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कठिन समयमा सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् । 

"नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको छ । यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ । हामी जारी राहत प्रयासहरूमा सहयोग पुर्‍याउन र प्रभावित परिवारहरूलाई पुनर्स्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौँ," उनले भने ।

युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित अर्थपूर्ण पहलहरूमार्फत समुदायहरूलाई सहयोग पुर्‍याउन प्रतिबद्ध रहँदै आएको छ । यस सहयोगमार्फत प्रभावित समुदायहरूमा योगदान पुर्‍याउँदै कठिन परिस्थितिहरू सामना गर्न सामूहिक प्रयासहरूलाई समर्थन गर्ने उद्देश्य राखिएको जनाएको छ ।

छुटाउनुभयो कि ?