२० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई

२० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई

काठमाडौँ । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई गरिएको छ।  शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कराते टोलीको बिदाइ गरेका हुन्।

विदाईका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई जित वा हारको दबाब नलिई मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। प्रतिस्पर्धामा नतिजा जे आए पनि त्यहाँबाट धेरै सिक्ने अवसर र अनुभव प्राप्त हुने उनले बताए। 

उनले बिगतमा जित्दा मात्र भव्य स्वागत गर्ने र हार्दा बेवास्ता गर्ने परम्परा गलत भएको भन्दै नतिजा जे आए पनि राज्य र नागरिकले खेलाडीहरूलाई उस्तै सम्मान र दृष्टिकोणले हेर्ने धारणा राखे। खेलाडीहरुले एसियाली खेलकुदको तयारी राम्रो भएकाले नजिता पनि राम्रो आउने गरि खेल प्रदर्शन गर्ने जनाएका छन् ।

छुटाउनुभयो कि ?