भोटेकोसी बाढीपीडितलाई मंगला अमात्यको एक करोड आठ लाख सहयोग

भोटेकोसी बाढीपीडितलाई मंगला अमात्यको एक करोड आठ लाख सहयोग

काठमाडौँ । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोसी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छिन्।

अमात्यकोतर्फबाट प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर मंगलबार एक करोड आठ लाखको चेक हस्तान्तरण गरेका हुन्। 

भदौ १० गते अकस्मात् आएको भीषण बाढीमा परेर हजारौँ मानिस बेपत्ता छन् भने  शव फेला पर्ने क्रम जारी छ ।   बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ। बाढीकै कारण हजारौँ मानिस घरबारविहीन भएका छन्।