काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेकोमा उक्त सुरुङको भित्री भाग (अन्तिम बिन्दु) सम्मै पुगेर खोजी गर्दा पनि कोही नभेटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको बताइएको छ ।