काठमाडौं । सरकारले हालसम्म ४७७ जनाको शव भेटिएको जानकारी गराएको छ। मन्त्रिपरिषद् बैठकपछि रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १८८ जनाको शव भेटिएको प्रवक्ता सस्मित पोखरेलले बताए।
हालसम्म ३ हजार २५३ जनाको सकुशल उद्धार गरिएको बताए। उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार २५०, नेपाली सेनाबाट ४ हजार २०० र सशस्त्र प्रहरीबाट १ हजार ८४५ जना गरी १३ हजार २९५ जना सुरक्षाकर्मी उद्धारमा खटिएको बताए।
उद्धारमा नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी १५ वटा हेलिकप्टर उद्धार तथा राहत कार्यमा खटिएको बताए।
सरकारले प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइसकिएको र ४ वटा हेलिकप्टरबाट खाद्य तथा गैरखाद्य सामग्रीहरू ढुवानी गरिएको बताए।