रसुवा बाढी: ४५ विदेशीसहित ३३६ जनाको हवाईमार्फत उद्धार

रसुवा बाढी: ४५ विदेशीसहित ३३६ जनाको हवाईमार्फत उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । 

नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

बिहबिार बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो। यसका साथै, विपद् प्रभावित क्षेत्रमा सेनाका करिब ४ हजार जनशक्ति परिचालित भएका छन्। उनीहरू घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण कार्यमा खटिएका छन्।

विपद्को यस घडीमा सेनाले अन्य निकायहरूसँग समेत समन्वयात्मक भूमिका निर्वाह गर्दै राहत कार्यलाई प्रभावकारी बनाइरहेको  नेपाली सेनाले जनाएको छ  ।

छुटाउनुभयो कि ?