ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्दैछौँ: उद्योगमन्त्री गौरीकुमारी

ग्यास आपूर्ति व्यवस्थित गर्न अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्दैछौँ: उद्योगमन्त्री गौरीकुमारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण र ढुवानी प्रक्रियालाई थप पारदर्शी एवम् प्रभावकारी बनाउन ‘अनलाइन ट्र्याकिङ प्रणाली’ निर्माणको काम सुरु गरिएको बताएकी छन्।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री कुमारीले हालका लागि गुगल फाराममार्फत विवरण भरेर ग्यास वितरणसम्बन्धी जानकारी सार्वजनिक गर्न थालिएको बताइन्।

त्यसैगरी मन्त्री गौरीकुमारीले आगामी साउन २८ गतेदेखि सिंहदरबारभित्र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्टलमार्फत खाद्यान्न बिक्री वितरण सुरु गर्न लागिएको जानकारी पनि दिइन्।

सोही छलफलका क्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले आगामी एक साताभित्रै बजारमा ग्यासको आपूर्ति सहज हुने दाबी गर्नुभयो। उहाँका अनुसार मङ्गलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् भने गत साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिसकेको छ।

छुटाउनुभयो कि ?