गल्फुटारमा पुगेर शशांकले गरे पूर्णबहादुरलाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह

गल्फुटारमा पुगेर शशांकले गरे पूर्णबहादुरलाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट गरेका छन्।

खड्का निवास गल्फुटारमा पुगेर कोइरालाले आज खड्कासँग भेट गरेका हुन्।

कोइरालाले भेटमा खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेको कोइराला सचिवालयले जनाएको छ। उक्त आग्रहप्रति खड्काले सकारात्मक धारणा व्यक्त गरेको जनाएको छ। भेटमा देउवा समूहका नेता एनपी साउद पनि सहभागी थिए।

पूर्वसभापति शेरबहादुर देउवा समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला राखेको छ। भेलाको नेतृत्वमा कोइरालालाई अघि सारेपछि खड्का सक्रिय छैनन्।

पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्चले निस्सा दिएपछि खड्काले पार्टी एकताको ढोका खुलेको टिप्पणी गरेका थिए। यो भेलालाई पूर्वसभापति देउवा पनि सम्बोधन गर्ने जनाइएको छ।

छुटाउनुभयो कि ?