सांसदहरूलाई ओलीको निर्देशन: संसद्मा जनताको आवाज तथ्य र तर्कसहित उठाउनूस्

सांसदहरूलाई ओलीको निर्देशन: संसद्मा जनताको आवाज तथ्य र तर्कसहित उठाउनूस्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जनसरोकारका मुद्दाहरूलाई तथ्य र तर्कका साथ सशक्त ढङ्गले प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदहरूलाई निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले केन्द्रीय संसदीय विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय हित र जनसरोकारका विषयमा गहन अध्ययनसहित संसद्मा भूमिका खेल्न आग्रह गरे । तथ्यमा आधारित बहस र प्रभावकारी संसदीय भूमिकाले मात्र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले बलियो प्रतिपक्षको भूमिका केवल सरकारको आलोचना गर्नु मात्र नभएको प्रष्ट पारे । एमालेले राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान र अनुसन्धानसँग जोड्न यो प्रशिक्षण आयोजना गरेको उल्लेख गर्दै उनले भने, "जनताको आवाजलाई नीति निर्माण तहमा तथ्य र प्रमाणका साथ बुलन्द बनाउनुस् । सरकारलाई बढी जवाफदेही बनाउँदै सक्षम, जिम्मेवार र दूरदर्शी प्रतिपक्षको नयाँ मानक स्थापित गर्न तपाईँहरू लाग्नुपर्नेछ ।"

उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल र संसदीय दलका उपनेता पद्माकुमारी अर्याललगायतले पनि सांसदहरूलाई प्रशिक्षण दिएका थिए ।

छुटाउनुभयो कि ?