विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। पदको दुरुपयोग गरेको आरोप लागेपछि चौतर्फी विवादमा तानिएका उनले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन्।
गुरागाईंले आगामी कात्तिक १६ गतेदेखि लागू हुने गरी राजीनामा पेस गरेको र उक्त राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
अध्यक्ष गुरागाईं पछिल्लो समय नियमविपरीत अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशको बेवास्ता गर्दै कर्मचारी बढुवाका लागि सिफारिस गरेको जस्ता गम्भीर आरोपमा विवादित बन्दै आएका थिए।