रोमाञ्चक भिडन्तमा मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

रोमाञ्चक भिडन्तमा मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

काठमाडाैं। फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिप्युार्टरफाइनल खेलमा सहआयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले स्तब्ध पार्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। मेक्सिको सिटीको ऐतिहासिक अज्टेका स्टेडियममा भएको उक्त खेलमा इंग्ल्यान्डले खेलको दोस्रो हाफमा १० खेलाडीमा सीमित हुनुपरे पनि उत्कृष्ट प्रदर्शन र बलियो धैर्यता प्रदर्शन गर्दै जित निकाल्न सफल भयो।

खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको इंग्ल्यान्डका लागि युवा स्टार जुड बेलिङ्घमले सानदार प्रदर्शन गरे। उनले खेलको ३६औँ र ३८औँ मिनेटमा मात्र दुई मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै टोलीलाई २–० को बलियो अग्रता दिलाएका थिए। यद्यपि, पहिलो हाफ सकिनुअघि मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे।

दोस्रो हाफमा भने इंग्ल्यान्डले ठूलो संकटको सामना गर्नुपर्‍यो। खेलको ५४औँ मिनेटमा जारेल क्वान्साहले खतरनाक ट्याकल गरेबापत रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड दबाबमा आएको थियो। तर, १० खेलाडीमा खुम्चिए पनि उच्च मनोबलका साथ खेलेको इंग्ल्यान्डका लागि ६०औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए। त्यसपछि ६९औँ मिनेटमा मेक्सिकोका राउल जिमेनेजले पेनाल्टीबाटै अर्को गोल थप्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

खेलको अन्तिम समयतिर मेक्सिकोले गोलका लागि लगातार चौतर्फी दबाब सिर्जना गरेको थियो। तर, इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउ र मजबुत रक्षापंक्ति (डिफेन्स) का कारण मेक्सिकोले बराबरी गोल फर्काउन सकेन।

यो ऐतिहासिक जितसँगै इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा नर्वेको सामना गर्नेछ, जसले बलियो टोली ब्राजिललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरिसकेको छ।

छुटाउनुभयो कि ?