मन्त्रिपरिषद् बैठक: धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विशेष सेवा ऐनसहित विभिन्न विधेयक संसद्‌मा पेस गरिने

मन्त्रिपरिषद् बैठक: धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विशेष सेवा ऐनसहित विभिन्न विधेयक संसद्‌मा पेस गरिने

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको बताउनुभयो। त्यसैगरी, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागिसमेत सिद्धान्त स्वीकृत गर्ने निर्णय आजको बैठकले गरेको छ।

सरकारले राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यसका साथै संघीय संसद् समक्ष विभिन्न चारवटा प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति दिने निर्णय पनि भएको छ।

जसअन्तर्गत सहकारी ऐन २०७४, सार्वजनिक खरिद ऐन २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्‌मा पेस गरिनेछ। आजको मन्त्रिपरिषद् बैठकले यीसहित मुख्य ६ वटा निर्णयहरू गरेको हो।

छुटाउनुभयो कि ?