सरकारले इन्डक्सन चुलोबाट खाना पकाउँदा विद्युत् महसुलमा दिने भो २० प्रतिशत छुट

सरकारले इन्डक्सन चुलोबाट  खाना पकाउँदा विद्युत् महसुलमा दिने भो २० प्रतिशत छुट

काठमाडौं: बिश्वव्यापी रुपमा फैलिरहेको कोराणको प्रभाव नेपालमा पनि परेको छ ।कोरोणाको कारण सरकारले नेपालमा लकडाउन गरे लगतै खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। यहि अभावलाइ मध्यनजर गर्दै नेपाल सरकारले विद्युतीय चुलो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुल्कमा छुट दिन निर्देशन दिएसँगै ग्राहकले १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट पाउने भएका हुन्।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए। ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ। विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ।’ मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे।

कोरोना भाइरस ९कोभिड–१९ ० को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ। बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ।

यसअघि बुधबार बसेको नोभेल कोरोना ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो। यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो।