काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। बैठकमा सरकारका समसामयिक गतिविधि, विभिन्न मन्त्रालयका प्रस्ताव तथा प्रशासनिक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।
सरकारले हाल अघि बढाइरहेका कार्यक्रम, नीतिगत विषय तथा आवश्यक निर्णयहरूबारे पनि बैठकमा समीक्षा हुन सक्ने जनाइएको छ। बैठकका निर्णयहरूबारे औपचारिक जानकारी बैठक सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।