काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको वार्षिक वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले यसपटक ३८ जना पुरुष र २५ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा समावेश गरेको हो।
यस वर्ष पहिलोपटक पुरुषतर्फ ‘ए प्लस’ क्याटगोरी थपिएको छ। उक्त श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्।
पुरुषतर्फको वर्गीकरण
‘ए’ क्याटगोरीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन्।
‘बी’ क्याटगोरीमा ललित राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा समावेश छन्।
त्यस्तै ‘सी’ क्याटगोरीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह रहेका छन्।
‘डी’ (डेभलप्मेन्ट) क्याटगोरीमा तृत राज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिस जिसी र सागर ढकाल समावेश भएका छन्।
महिलातर्फको वर्गीकरण
महिलातर्फ ‘ए’ क्याटगोरीमा इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर रहेका छन्।
‘बी’ क्याटगोरीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय परेका छन् भने ‘सी’ क्याटगोरीमा विन्दु रावल, कविता जोशी, रुवी पोद्दार र रिया शर्मा समावेश छन्।
‘डी’ (डेभलप्मेन्ट) क्याटगोरीमा रोमा थापा, सुमन विष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्मचार्य र रचना चौधरी रहेका छन्।
मासिक पारिश्रमिक
क्यानका अनुसार पुरुषतर्फ ‘ए प्लस’ क्याटगोरीका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पाउनेछन्। ‘ए’ क्याटगोरीका लागि १ लाख, ‘बी’ का लागि ७५ हजार, ‘सी’ का लागि ५५ हजार तथा ‘डी’ (डेभलप्मेन्ट) का लागि ३५ हजार रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।
महिलातर्फ ‘ए’ क्याटगोरीका खेलाडीले ५५ हजार, ‘बी’ ले ४० हजार, ‘सी’ ले ३० हजार र ‘डी’ (डेभलप्मेन्ट) क्याटगोरीले २५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ।