दुर्गा प्रसाईँ पक्राउ प्रकरण: सर्वोच्च अदालतद्वारा सरकारसँग लिखित कारण माग

दुर्गा प्रसाईँ पक्राउ प्रकरण: सर्वोच्च अदालतद्वारा सरकारसँग लिखित कारण माग

काठमाडौं। सर्वोच्च अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ।

प्रसाईँका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

प्रहरीले प्रसाईँलाई गत सोमबार पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई कुन कानुन र के कारणले पक्राउ गरिएको हो, सोको स्पष्ट र लिखित जवाफ पेस गर्न सरकारी निकायहरूलाई निर्देश गरेको छ।