उद्योग वाणिज्य महासंघको नेतृत्वमा अन्जन श्रेष्ठ: यस्तो छ नयाँ कार्यसमिति

उद्योग वाणिज्य महासंघको नेतृत्वमा अन्जन श्रेष्ठ: यस्तो छ नयाँ कार्यसमिति

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ।

महासंघको विधानअनुसार अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा आसिन भएका छन्। निर्वाचन समितिको अन्तिम मत परिणामअनुसार श्रेष्ठले महासंघको बागडोर सम्हालेका हुन्।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार निर्वाचनमार्फत विभिन्न समूहका उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ।

जिल्ला तथा नगरतर्फको दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे विजयी भएका छन्।

महासंघको विधानमा रहेको 'वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने' प्रावधान यो पटकका लागि अन्तिम हो। आगामी महाधिवेशनदेखि भने अध्यक्ष पदका लागि समेत प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ। न

वनिर्वाचित टोलीले मुलुकको वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्दै निजी क्षेत्रको मनोबल उकास्न र व्यवसायमैत्री वातावरण बनाउन मुख्य भूमिका खेल्ने विश्वास लिइएको छ।