प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न: संसद् छलेर लोकतन्त्र कसरी जोगिन्छ?

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न: संसद् छलेर लोकतन्त्र कसरी जोगिन्छ?

काठमाडौँ । सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसप्रति राप्रकाका सांसद ज्ञानेन्द्र शाहीले असहमति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक तथा संसदीय अभ्यासविपरीत भएको बताएका हुन् । उनले संसद्मा सरकारसँग झन्डै दुईतिहाइ बहुमत रहेको अवस्थामा प्रस्तावित विधेयक सहजै पारित हुन सक्ने उल्लेख गर्दै संसद् छलेर अघि बढ्नु उपयुक्त नहुने धारणा राखे।

शाहीले सहकार्य र संवादमार्फत विधेयक अघि बढाउनुपर्नेमा जोड दिँदै यस्ता गतिविधिले दीर्घकालीन रूपमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्ने चेतावनी दिएका छन्।