अन्जन विष्ट: जसले २९औं खेलमा गरेको डेब्यू गोलले इतिहास रच्यो

अन्जन विष्ट: जसले २९औं खेलमा गरेको डेब्यू गोलले इतिहास रच्यो
यो जित ऐतिहासिक किन थियो भने, फिफा विश्वकपको दोस्रो चरणमा नेपालले हात पारेको यो पहिलो जित हो। यस्तै होम एण्ड अवेमा छनोट शुरु भएपछि पनि यो पहिलो जित थियो। यस पटक फिफा वरियतामा एसियाको शीर्ष ३४ भित्र परेपछि नेपालले सोझै दोस्रो चरणमा प्रवेश पाएको हो। जुन चरणमा नेपालले पहिलो जित हात पार्‍यो। यो स्वीडिस प्रशिक्षक योहान कालिनले नेपाली टोली सम्हालेयताको पहिलो जित समेत हो। गतवर्ष माघमा उनले नेपाली टोली सम्हाले नेपालले खेलेका ६ खेलमा पहिलो जित हात पारेको हो। विश्वकप छनोटकै पहिलो चरणमा ६ दिनअघि कुवेतविरुद्ध ७–० ले स्तब्ध भएको नेपालले उत्कृष्ट पुनरागमनका साथ फिफा वरियतामा ४१औं स्थानमाथिको चाइनिज ताइपेविरुद्ध शानदार जित हात पारेको हो।