ताेलामा पाँच सय रुपैयाँ बढ्यो

काठमाडाैं: नेपाली बजारमा सुनकाे मुल्य  बढेर शुक्रबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा झरेको थियो ।

यस्तै, चाँदी आज तोलामा २० रुपैयाँ बढेर ताेलाको सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।