३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौं, चैत २२ । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’

शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । त्यस्तै, प्रहरीको स्वीप अप्रेसन चलाएर काठमाडौं उपत्यकाका छुट्टाछुट्टै ठाउँबाट सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि र गुन्डागर्दीमा संलग्नको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गराएका छन् ।