परराष्ट्रमन्त्री खनालले गरे मनमैजु मन्दिरमा पूजाअर्चना

परराष्ट्रमन्त्री खनालले गरे मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान तारकेश्वर नगरपालिका–९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ ।