पक्राउ परेका दीपक खड्का पनि अस्पताल भर्ना

पक्राउ परेका दीपक खड्का पनि अस्पताल भर्ना

काठमाडौं,। सम्पत्ति शुद्धीकरणको अनुसन्धानको लागि पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । हिजो विहान पक्राउ परेका खड्कालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, खड्का आज एकाविहानै अस्पताल भर्ना भएका छन् ।

उनलाई त्रिवि शिक्षण अस्पतालको १०२९ बेड नम्बरमा भर्ना गरिएको छ । भदो २३ र भदो २४ गतेको घटनामा दमन गरेको भन्दै फौजदारी कसुरमा पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि शिक्षण अस्पतालमा भर्ना गरिएका छन् ।

उनको स्वास्थ्यमा केही समस्या देखिएको बताईन्छ । अदालतले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।