बालेनको प्रमुख सल्लाहकारमा कुमार र राजनीतिक सल्लाहकारमा असीम, अरु कसलाई के जिम्मेवारी?

बालेनको प्रमुख सल्लाहकारमा कुमार र राजनीतिक सल्लाहकारमा असीम, अरु कसलाई के जिम्मेवारी?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा सहयोग गर्दै आएका दुबै जनाले बालेन र रवि लामिछानेबीचको सहकार्य भूमिका खेलेका थिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बेन र शाहलाई सल्लाहकारमा नियुक्त गरेको जनाइएको छ ।

त्यस्तै, प्रधानमन्त्री बालेनले मुख्य स्वकीय सचिवमा सुवास शर्मा, प्रशासन प्रमुखको जिम्मेवारीमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई दिएको चर्चा रहेको छ । स्रोतका अनुसार अर्जुन घिमिरे, भूपदेव शाह, सुरेन्द्र बजगाईंलगायतलाई दिने जिम्मेवारीबारे आज निर्णय हुँदैछ ।