काठमाडाैं। पार्टी अध्यक्ष पक्राउको विरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न विरोधका कार्यक्रमका लागि तीन नेतालाई संयोजनको जिम्मेवारी दिएको छ।
केन्द्रीय सचिवालयको बैठकले राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ।
त्यस्तै, संसदमा रहेका दलहरूसँग समन्वय र संवाद संयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र कानुनी प्रतिवाद र संयोजनको जिम्मेवारी गोकर्ण विष्टलाई दिएको महासचिव शंकर पोखरेलले बताए।
सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।