काठमाडौं। रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्।
प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ।
स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। खनाल यसअघि छोटो समयका लागि शिक्षामन्त्री बनेका थिए।
बिहीबार राति अबेरसम्म राजधानीको एक होटलमा छलफल भएपनि केही नाममा छलफल जारी रहेकाले आज नाम टुंग्याउन लागिएको छ। अन्य मन्त्रीका लागि इन्दिरा रानामगर, सस्मित पोखरेल, सुनिल लम्साल लगायतको नाम निश्चित भएको छ। महिला, जनजाति, भूगोल र अन्य वर्गपनि मिलाउनुपर्ने भएकाले त्यसमा छलफल भइरहेको जनाइएको छ।