काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटउपरको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । अब अर्को सुनुवाई चैत्र १५ गते आइतबार पर्ने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाई भएकोमा आजपनि हेर्दाहेर्दैमा परेको छ । आज महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलहरूले जवाफी बहस गरेका थिए ।