काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ।
आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिए।
यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मतीले चयन गरेको थियो।