काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन ०८३ को भदौ २४ गतेदेखि २६ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । आज (मंगलबार) बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
२१ फागुनको निर्वाचनपछि आज पहिलोपटक सभापति थापा केन्द्रीय समितिको बैठकमा सहभागी भएका हुन् । यसअघि उनले सभापतिबाट राजीनामा दिएकोमा केन्द्रीय समितिको बैठकले उनको राजीनामा अस्विकृत गरेको थियो । आजको बैठकमा निर्वाचनको समिक्षासमेत गरिएको छ ।