सुनको भाउ १५ सयले घट्यो

सुनको भाउ १५ सयले घट्यो

काठमाडौं : सुनको मूल्य आज(बिहिबार) तोलामा रु १५ सय रुपैयाँले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघले आज  छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ।

बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो।  तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।  सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।