हतार वा दबाबमा होइन, जिम्मेवारीबोधका आधारमा राजीनामा दिएको थिएँ : गगन थापा

हतार वा दबाबमा होइन, जिम्मेवारीबोधका आधारमा राजीनामा दिएको थिएँ : गगन थापा

काठमाडाैं।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।

उनले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पारे।

उनले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए। उनले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताए।

उनले भने, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरुले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन। मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिलाई मेरो भावना सेयर गरेको थिएँ। म तत्कालै राजीनामा दिन चाहन्थेँ । निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने थियो त्यसकारण लम्बियो। यो दबाबमा मेरो राजीनामा दिएको थिएन । यो जवाफदेहिताको विषय हो। मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो।’