रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टको आपत्ति

रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टको आपत्ति

काठमाडौं। नेपाल जेन–जी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनको क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ। आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजक बममाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो।

हिजो माइतीघरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहार भएको थियो । सोबारे फ्रन्टले घोर भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ।

संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन।’