रास्वपाले संविधानमा हात हाल्ने कुरामा विचार गरोस : डा. खिमलाल देवकोटा

रास्वपाले संविधानमा हात हाल्ने कुरामा विचार गरोस : डा. खिमलाल देवकोटा

काठमाडौं। राष्ट्रिय सभाका पूर्व सदस्य तथा संघीयताविद् डा. खिमलाल देवकोटाले अहिलेको जनमतलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।

पार्टीहरु नसुध्रिएको, नेतृत्व दोहोरिने, सांसद, मन्त्री र प्रधानमन्त्रीजस्ता पदमा एउटै व्यक्तिहरु दोहोरिएको र जनताले चाहेजस्तो डेलिभरी नपाएकोले पूराना दलप्रति वितृष्णा भएको कुरा आफूले राष्ट्रियसभामा नै पटक पटक बोलेको पनि देवकोटाले स्मरण गराए । उनले प्रधानमन्त्रीको बेडसम्म नै विचौलियाको एक्सेस रहेको कुरा पनि दाबी गरे । उनले अहिलेको म्याण्डेटलाई सबैले स्विकार गर्नुको विकल्प नभएको बताए ।

रिपोर्टर्स क्लब नेपाले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेको म्याण्डेट यति राम्रो छ कि, यही फोरममा मैले पटक पटक भनेको छु, संविधान संशोधन गर्नुपर्छ कि, यो संविधानले कुनैपनि पार्टीलाई बहुमत दिन नसक्ने खालको भयो, हाम्रो निर्वाचन प्रणाली मिश्रित भयो, यसले कसैलाई बहुमत दिँदैन भनेर मैले पनि बोलेको छु, तर अहिले के देखियो, जनतातले बहुमत होईन, झण्डै दुई तिहाई बहुमत दिएका छन् ।’ यद्यपी रास्वपाले पनि निर्वाचन प्रणाली सुधार गर्ने वाचापनि गरेको उनले स्मरण गराए । उनले रास्वपालाई संविधानमा एकदमै हात हाल्ने कुरामा विचार गर्न पनि उनको सुझाव छ ।

जनकपुरमा माघ ५ गते बालेन शाहले गरेको सम्बोधनको पनि चर्चा गरे । अधिकारको लागि काठमाडौं जाने होईन भनेर बालेन शाहले गरेको सम्बोधनको उल्लेख गर्दै अब अधिकारको कार्यान्वयन हुने कुरा गरेकोले आफूले यसमा धेरै शंका नगर्ने स्पष्ट पारे । उनले बालेन शाह मेयर हुँदा कुनैपनि केन्द्रीय सरकारले उनलाई सहयोग नगरेको जिकिर गरे । उनले आफूले संघीय सरकारले गरेको व्यवहार गलत हो भनेर आफूले बोलेको स्मरण गराए ।