काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन्।
भेटमा भदौ २३ र २४ का घटनापछि उत्पन्न अनिश्चिततालाई अन्त्य गर्न राष्ट्रपतिले खेलेको अभिभावकीय भूमिकाप्रति भट्टराईले धन्यवाद व्यक्त गरेका छन्।
भेटपछि उनले सामाजिक सञालमा यस्तो लेखेका छन्, “आजको विशेष भेट, भदौ २३ र २४ का घटना र त्यसपछिको अन्यौल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतीले मुलुकलाई गर्नु भएको सहि दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान ।
वहाँबाटप्राप्त प्रेरणादायी सल्लाह तथा सुझाबकाप्रति हार्दिक आभार ।”