काठमाडौं। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गत विशेष समिति (आयोग) गठन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको विस्तृत अध्ययन, विश्लेषण तथा कार्यान्वयनका लागि आवश्यक सुझाव दिन समिति गठन गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले अनुसन्धानपछि आफ्नो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाइसकेको छ।