काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम चयन गरेको छ। आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर पार्टीले प्राप्त गरेको चार रिटमा नाम सिफारिश गरिएको हो।
बैठकले खसआर्य पुरूषतर्फ भरत गिरी (महोत्तरी), मुस्लिम पुरूषतर्फ ताहिर अली (रूपन्देही), खसआर्य महिलातर्फ खुश्बु ओली (झापा) र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरेको छ।
राप्रपाले यो निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको छ। प्रवक्ता ज्ञानबहादुर शाही जुम्लाबाट निर्वाचित भएका हुन्। एक जना प्रत्यक्ष र चार जना समानुपातिकसहित अबको प्रतिनिधिसभामा राप्रपाको पाँच जना सांसदहरुको उपस्थिति रहनेछ।