काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उनका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उनीप्रति समवेदना व्यक्त गरेकी हुन्। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएकोहो ।