रास्वपाका उम्मेदवार किशोरी साहलाई कालो सूचीमा नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

रास्वपाका उम्मेदवार किशोरी साहलाई कालो सूचीमा नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो ।

निर्वाचनको मुखमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

तर, यो आदेशसँगै अब यादवको पद धरापमा परेको छ ।