रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाइएको छ । आज संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गरेर पूर्ण इजलासमा पठाएको हो ।

बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

महान्यायाधिवक्ताले रविविरुद्ध दायर भएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल (पौडेल)लगायतले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।