काठमाडौं, ६ फागुन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पक्राउ गरेको छ । उनीमाथि निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई आज काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो ।
हिजो साँझ नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पनि पक्राउ परेका थिए । त्योभन्दा अघि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि पक्राउ परेका छन् ।